काठमाण्डौ,१ भदौ ।
सप्तरीमा स्थानीय प्रशसनले कर्फ्यू लगाएको छ ।
बारम्बार सचेत गराउदा समेत स्थिती नियन्त्रणमा नआएपछि प्रशासनले अपरान्ह ४ बजेदेखि भोली विहान ५ बजेसम्म १३ घण्टे कर्फ्यू लगाएको हो ।
कंकालनी मन्दिरदेखि ५ सय मिटर पूर्व, भारदह टेम्पो स्टेन देखि ५ सय मिटर पश्चिम, पोर्ताहको गाविस भवनदेखि ५ सय मिटर उत्तर हटियासम्म र सकरदहीको पश्चिमी कोशी नहरदेखि ३ ढससय मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले जानकारी दिनुभयो ।
भारदह क्षेत्र पूर्व पश्चिम राजमार्गमा पर्ने भएकाले स्थानीय प्रशासनले २ घण्टाअगाडी नै सुचना सार्वजनिक गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline