काठमाडौ १ भदौ ।
प्रदेशको सिमांकनमा उत्पन्न विवादमा सहमति जुटाउन आज पनि दलहरु छलफलमा जुट्ेका छन । यद्यपी सहमतीको संकेत भने देखीएको छैन ।
प्रमुख चार दलका शिर्ष नेता सम्मिलित विशेष समितिको बिहान बसेको बैठकमा सिमाङकनका बिषयमा छलफल भए पनि सहमती भने जुट्न सकेनन ।
बैठकमा कर्णाली, सुर्खेत, पश्चिम तराई लगायतका क्षेत्रमा उत्पन्न विवादका विषयमा छलफल भए पनि नेताहरुको आ आफनो अडानका कारण सहमती हुन नसकेको जनाईएको छ ।
सिमांकनको विवादमा दलहरुले सहमति जुटाउन नसक्दा मस्यौदा समितिले संविधानको विधेयकलाई अन्तिम रुप दिन सकेको छैन ।
हिजो सम्मको समयसिमा पाएको समितीले भोली सम्म सहमती जुटाउन शिर्षस्थ नेतासंग आग्रह गरेको छ । यसैबिच पश्चिमान्चल क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासदहरुले अहिले सिहदरबारमा भेला आयोजन गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline