काठमाडौं ,१ भदौ ।
सुन्दा अपत्यारिलो तर सत्य विषयको पिडाले सताएको छ भूजेल परिवारलाई । सिन्धुपाल्चोक जिल्ला बाँसघारी गाविस वडा न ४ का ३ वर्षिय बालक प्रिन्स भुजेल ब्लड क्यान्सर रोगसँग लडिरहेका छन ।
४५ दिन अघि कान्ति बाल अस्पतालमा जाँच गर्दा ब्लड क्यान्सर भएको थाहा पाएका भूजेल परिवार यति बेला उपचार खर्च जुराउन लागि परेका छन ।
आर्थिक अभाव झेल्दै आएका भूजेल परिवार विनाशकारी भुकम्प पश्चात विस्थापित हुन बाध्य भएका बालक भूजेलकि आमा विनिता भूजेलले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो काम गरि विहान बेलुकाको भोजन जुराउने हाम्रो परिवारमा यस्तो पिडा आई लाग्यो कसरी उपचार खर्च जोड्ने उनी उल्टो प्रश्न गर्छिन् ।
परिवारको एक्लो छोरालाई ब्लड क्यान्सर भएको थाहा पाए पछि यती बेला सहयोगी हातहरुको खोजीमा आफूहरु दिन रात नभनि लागी परेको भूजेल परिवार बताउँछन् । बालकको उपचार निरन्तर कम्तीमा पनि ३ वर्ष सम्म गर्नु पर्ने भएकाले उपचारमा लाग्ने खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले भूजेल परिवार समस्यामा परेको उनका छिमेकिहरु बताउँछन् ।
भूजेल परिवार यती बेला विभिन्न संघ संस्था र व्यक्तिहरुसँग आर्थिक सहयोग गरि आफ्नो एक्लो छोराको ज्यान बचाई दिन आग्रह गर्दै हिँडेका छन् । खाता नं समेत नभएको भूजेल परिवारलाई सिधै सहयोग गर्न चाहने महानुभावहरुले रोगले ग्रस्त भएका बालक प्रिन्सका आमा विनिता भूजेलको मोवाइल नम्बर ९८६१०२७५७९ मा सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ ।