जुम्लामा तेस्रो दिनपनि कर्फ्यू जारी

जुम्लामा तेस्रो दिनपनि कर्फ्यू जारी

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ १ भदौ । 

स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भएको प्रदर्शन हिंसात्मक बनेपछि लगाएको अनिश्चितकालिन कर्फ्यू आदेश आज तेस्रो दिनपनि जारी छ ।

विशेष अधिकार सहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा दश दिन यता आन्दोलन जारी छ ।

प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलका अनुसार आन्दोलनका कारण दिनभर जुम्ला अशान्त हुने संकेत पाएपछि कर्फ्यूलाई निरन्तरता दिइएको हो ।

बिहानै देखि प्रहरीको गोली लागेर घाईत भएकाका आफन्त र स्थानिय प्रहरी सामु लडेर देखाउने चुनौतिका साथ सडकमा उत्रिए पछि प्रशासन कार्यालयले पुनः कर्फ्यू आदेश जारी गरेको हो ।

यस्तै सार्वजनिक स्थानमा भिड नगर्न र सबैलाई घरभित्र बस्न प्रहरीले माईकिङ गरिरहेका छन् ।

प्रदेशको सिमांकनमा असन्तुष्टी जनाउदै सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि गत आइतबार साँझ ५ बजेदेखि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी