सिमांकन विवादमा सहमति जुटाउन आज पनि दलहरु छलफलमा

सिमांकन विवादमा सहमति जुटाउन आज पनि दलहरु छलफलमा

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ १ भदौ ।  प्रदेशको सिमांकनमा उत्पन्न विवादमा सहमति जुटाउन आज पनि दलहरु छलफलमा जुट्दैछन् ।

त्यसका लागि प्रमुख चार दलका शिर्ष नेता सम्मिलित विशेष समितिको बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

बैठकमा कर्णाली, सुर्खेत, पश्चिम तराई लगायतका क्षेत्रमा उत्पन्न विवादका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सिमांकनमा असन्तुष्टी जनाउदै आन्दोलनरत पक्षसँग पनि दलहरुले छलफलको तयारी गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यस्तै संविधानको मस्यौदाबारे मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र मधेश केन्द्रित दलसँग पनि छलफल गरिने पौडेलले बताउनु भयो ।

सिमांकनको विवादमा दलहरुले सहमति जुटाउन नसक्दा मस्यौदा समितिले संविधानको विधेयकलाई अन्तिम रुप दिन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी