दोहोरो बन्दको मारमा सुदुरपश्चिम, १३ दिनदेखि जनजीवन अस्तव्यस्त

दोहोरो बन्दको मारमा सुदुरपश्चिम, १३ दिनदेखि जनजीवन अस्तव्यस्त

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १ भदौ ।

अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दका कारण सुदूर पश्चिमको जनजीवन प्रभावित बनेको छ । १३ दिनदेखि जारी बन्दका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

बन्दका कारण सुदूरपश्चिमका ९ जिल्लामा यातायात र शैक्षिक संस्था ठप्प रहेका छन् । पसल भने आंशिकरुपमा सञ्चालनमा छन् । भारतबाट आउने यात्रु, दैनिक मजदुरी गरी जिविका चलाउने मजदुर र सर्वसाधारण बढी मारमा परेका छन् ।

कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।

लगातारको बन्दका कारण कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लाहरुमा इन्धन, खाद्यान्न र ग्यांसको अभाव हुन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी