काठमाडौ १ भदौ ।
तनहुँमा विद्युतको ट्रान्सफर्मर पड्किँदा २ जनाको मृत्यु भएको छ भने थप ६ जना घाईते भएका छन् ।
गएराति करिब १२ बजेतिर शुक्ला गण्डकी नगरपालिका ९ अर्चलामा विद्युतको ट्रान्सफर्मर पड्किँदा स्थानीय ३० वर्षीय दुर्गा न्यौपाने र पाँच वर्षीय खुसी न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाइ भोल्टेज करेन्टका कारण उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मणीपाल शिक्षण अस्पताल पोखरामा तथा बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline