कैलालीमा भाषण ,संसदमा अडियो टेप /सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै सरकारको आपत्ती

कैलालीमा भाषण ,संसदमा अडियो टेप /सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै सरकारको आपत्ती

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं,३२ साउन ।
सामाजिक सद्भाव विथोल्ने अभिब्यत्ति दिएको भन्दै नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहको भाषणको अडियो टेप सोमवारको संसदमा पेस भएको छ ।

व्यवस्थापिका संसदको बैठकमा जवाफ दिने क्रममा गृहमन्त्री बामदेव गौतमले गत बिहीबार कैलालीको टिकापुरमा कांग्रेस सभासद रहेका सिंहले जातीय हिंसा फैलाउने र राष्ट्रिय स्वतन्त्रतामा आँच आउने गरी आपत्तिजनक भाषण गरेको भन्दै सो भाषणको अडियो रेकर्ड संसदमा पेश गर्नुभएको छ ।

सरकारले सद्भाव बिथोल्ने मनसायले सभासद सिंह सहितका केही मधेसी नेताहरूले दिएको अभिव्यक्ति प्रति गम्भीर आप्पती जनाएको छ ।

कैलालीको टिकापुरमा कांग्रेस सभासद सिंह, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जातीय हिंसा फैलाउने अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएको थियो ।
उहाले सभासद जस्तो गरिमामय पदमा बसेकाले दायित्व बिर्सेर सामाजिक सद्भाव विथोल्ने अभिव्यक्ति दिनु गलत भएको बताउनु भयो ।

सभामुख सुवास नेम्बाङ्गको रुलिङ्गपछि मुलुकका बिभिन्न स्थानमा भईरहेको आन्दोलनबारे जानकारी गराउन बैठकमा उपस्थिति मन्त्री गौतमले आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले वल प्रयोग गरेको बताउनुभयो ।

हिन्दुराष्ट्र माग गर्दै राप्रपा नेपालले नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्याास प्रहार गरेको मन्त्री गौतमको भनाई थियो ।

गृहमन्त्रीले पेश गरेको अडियो रेकर्डलाई सभामुख सुवास चन्द्र नेम्वाङले राज्य व्यवस्था समितिमा आवश्यक अध्ययन र अनुगमनको लागि पठाउन संसद सचिवालयलाई निर्देशन दिनु भएको छ ।

संसदको बैठकमा आज पनि विनियोजिन विधेयक, २०७२ माथि छलफल भएको छ । विनियोजन विधेयक, २०७२ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत श्रम तथा रोजगार मन्त्रालय, उद्योग मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयहरुका विभिन्न शिर्षकहरु माथि छलफल भएको हो ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले “खोप विधेयक, २०७१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गरेका छन् भने उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृती प्रदान गरेको छ ।

यसैबिच
सरकारले सुर्खेत घटनामा मृत्यु भएका मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ ।

संघीय प्रदेशको सीमांकनमा असहमति जनाउँदै सुर्खेतमा यही साउन २५ गते भएको प्रदर्शन नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो । एक दर्जन बढी घाइते भएका छन् ।

संसदको बैठकमा गृहमन्त्री वामदेव गौतमले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रवन्ध सरकारले मिलाएको जानकारी दिनुभएको हो । उहाले सुर्खेतको अवस्था सामान्य बन्दै गएको र सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको समेत दाबी गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी