अखण्ड र थरूहटका पक्षबिच धनगढीमा झडप

अखण्ड र थरूहटका पक्षबिच धनगढीमा झडप

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,३२ साउन ।

अखण्ड सुदूरपश्चिम र थरूहटका युवाहरूबीच सोमबार धनगढीमा झडप भएको छ । आज साझ धनगढीको हसनपुर चौकमा दुबै पक्षका युवाहरूबीच झडप भएको छ ।

 

राष्ट्र बैंक चौक हुँदै प्रदर्शनमा उत्रिएका अखण्ड सुदूरपश्चिमका युवाहरू र ट्याक्टरमा आएका थरूहटका युवाहरूबीच हसनपुर चौकमा झडप भएपनि प्रहरीले अश्रृग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको छ ।

दुबै पक्षबीच ढुंगा हानहान भएपनि सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएका थिए । दुवै पक्षबीच भीडन्त हुन नदिन स्थानीय प्रशासनले धनगढीको मुख्य सडकको तीन ठाउँमा काँडेतार बाटो बन्द गरको थियो ।

उनीहरूले ट्राफिक चौक, एलएनचौक, राष्ट्र बैंक चौकमा प्रदर्शन गर्नुका साथै टायर बालेर बिरोध प्रदर्शन गरेका थिए ।थरूहटको सभामा सहभागी हुन आएका नेता र स्थानीयहरूलाई प्रहरीले बैकल्पीक बाटो भएर सभा स्थल जाने व्यवस्था गरेको थियो ।

 

कैलालीमा थरूहटले साउन २३ गतेदेखि आमहडताल घोषणा गरेको छ, भने अखण्ड सुदूरपश्चिमले फेरि सोमबारदेखि आमहडताल घोषणा गरेको छ । दुबै पक्षको प्रदर्शनले आज दिनभर धनगढी तनाबग्रस्त रह्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी