नेपालगन्ज साउन ३२
राज्यले कणार्लीलाई उपेक्षित गराएको भन्दै कणार्ली समन्वयन समिती बााकेले अनिश्चित कालका लागी नेपालगन्जबाट हुने कर्णाली अन्चलका सम्पुर्ण उडानहरु बन्द गराएको छ ।
कणार्ली बिशेष अधिकारको माग गर्दै आएको कर्णालीबासीहरुको आन्दोलनले जुम्लामा उग्र रुप लिएपछि नेपालगन्जका कर्णाली बासीहरुले उडान बन्द गराएका हुन ।
राज्य हिजोको आन्दोलन भन्दा चरम पिडादायी ढंगले प्रस्तुत भएको र कर्णालीलाई फेरी पनि उपेक्षीत ढंगले डोटीमा मिसाउन खोजीएको र समग्र कणालीको पहिचान गुम्ने गरी भएको सिमांकन प्रति कणार्लीबासीहरुको ठुलो असहमत रहेको जनाााउदै यसलाई चनचुने र सामान्य ढंगले हेरे राज्यले ठुलो मुल्य चुकाउने कुरा कर्णाली समन्वयन समिती बााकेका अध्यक्ष्य भरत बुड थापाले जानकारी दिएका छन थापाले बिशेष अधिकार सहितको कर्णाली तथा अखण्ड मध्यपश्चिम नै समग्र कर्णाली बासीहरुको माग रहेको जनाएका छन ।
थापाले नेपालगन्ज बसोबास गर्ने सम्पुर्ण कर्णाली बासी हरुको तर्फबाट आज जिल्ला प्रशासन कार्यलयमा बिभिन्न मागहरु सहित ज्ञपान पत्र बुझाउने समेत कार्यक्रम रहेको जानकारी दिएका छन ।