सुर्खेत घटनाका मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार हुने

सुर्खेत घटनाका मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार हुने

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, ३२ साउन ।

सरकारले सुर्खेत घटनामा मृत्यु भएका मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ ।

संघीय प्रदेशको सीमांकनमा असहमति जनाउँदै सुर्खेतमा यही साउन २५ गते भएको प्रदर्शन नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो । एक दर्जन बढी घाइते भएका छन् ।

सभासदहरुले सो घटनाको निन्दा गर्दै सरकारको जवाफ मागेका थिए । व्यवस्थापिका संसदको सोमबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रवन्ध सरकारले मिलाएको जानकारी दिनुभएको हो ।

उहाले सुर्खेतको अवस्था सामान्य बन्दै गएको र सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको समेत दाबी गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी