२ लेटेस्ट उत्पादन बजारमा ल्याउदै सामसुङ

२ लेटेस्ट उत्पादन बजारमा ल्याउदै सामसुङ

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

सामसुङले आउँदो हप्ता आफ्ना दुई नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । सामसुङले ग्यालेक्सी नोट ५ ट्याबलेट तथा ग्यालेक्सी एस सिक्स एज प्लस स्मार्टफोन अगस्ट २१ अर्थात आउँदो भदौ ४ गतेबाट विश्वभरका बजारमा उपलब्ध हुने गरी ल्याउन लागेको हो ।


ट्याबलेट ग्यालेक्सी नोट ५ कालो तथा सेतो रंगमा उपलब्ध हुनेछ । यस्तै स्मार्ट फोन ग्यालेक्सी एस सिक्स एज प्लस कालो तथा गोल्ड प्लाटिनियम रंगमा उपलब्ध हुनेछ ।

नोट ५ र ग्यालेक्सी एस सिक्स एज प्लस दुवै ३२ जिबी र ६४ जिबी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुने छन् । ३२ जिबी स्टोरेज क्षमताको ट्याबलेट ग्यालेक्सी नोट ५ को बजार मुल्य ६ सय ९६ अमेरिकी डलर तथा ६४ जिबी स्टोरेज क्षमता भएको ट्याबलेटको ७ सय ९२ अमेरिकी डलर पर्नेछ ।


ट्याबलेटको भन्दा स्मार्टफोन ग्यालेक्सी एस सिक्स एज प्लसको मुल्य बढी छ । ३२ जिबी स्टोरेज क्षमता भएको एस सिक्स प्लसको ७ सय ६८ अमेरिकी डलर तथा ग्यालेक्सी एस सिक्स एज प्लसको मुल्य ८ सय ६४ अमेरिकी डलर पर्ने छ ।


यसअघि आएको ग्यालेक्सी एस सिक्स एज भन्दा एस सिक्स प्लस ठुलो आकारको छ । यस्तै एस सिक्स प्लसको स्क्रिनको तल माथि दुवैतिर मोडिएको छ । यसले गर्दा ग्यालेक्सी एस सिक्स एज प्लसलाई आइफोन सिक्स प्लस भन्दा राम्रो देखाएको छ ।


सामसुङलाई एप्पलको लोकप्रिय आइफोन सिक्स प्लसलाई टक्कर दिन नयाँ स्मार्ट फोनको माग बढाउन ग्यालेक्सी एस सिक्स एज प्लसलाई थप आकर्षक बनाइएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी