पाँच प्रदेश बनाउने कुरा हल्ला मात्र : श्रेष्ठ

पाँच प्रदेश बनाउने कुरा हल्ला मात्र : श्रेष्ठ

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं,३२ साउन ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउने कुरा हल्लामात्र भएको बताउनु भएको छ ।

आज एमाओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी उहाले पाँच विकास क्षेत्रलाई प्रदेश बनाउने कुरा हल्ला मात्र बताउनु भयो । दलहरुले सहमति गरेको ६ प्रदेश र सीमाकंनमा विवाद भएपछि पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउने कुरा सार्वजनिक भएपछि उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो ।

श्रेष्ठले प्रदेश नम्बर १,२ र तीनमा विवाद नभएको तथा कर्णाली र कैलालीका थारु बहुल्य क्षेत्रलाई सम्बोधन गर्ने गरी दलहरुबीच छलफल चलिरहेको जानकारी दिनुभयो । दलहरुले निरन्तर छलफल गरीरहेकाले विवादित विषयमा छिटटै सहमती हुने उपाध्यक्ष क्षेष्ठको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी