हिंसा भड्काउने उपेन्द्र यादव, अमरेश सिंह, राजेन्द्र महतोको अडियो रेकर्ड संसदमा

हिंसा भड्काउने उपेन्द्र यादव, अमरेश सिंह, राजेन्द्र महतोको अडियो रेकर्ड संसदमा

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,३२ साउन ।

गृहमन्त्री बामदेब गौतमले देशको शान्ति सुरक्षा र बिभिन्न स्थानमा भइरहेको आन्दोललबारे संसदलाई जानकारी गराउनु भएको छ । संसदको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले केही सभासदले देश बिखण्डन गर्ने र जातीय दंगा भड्काउने अभिव्यक्ति दिएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

उहाले देशको स्वतन्त्रता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता जोगाउन सरकार सचेत रहेको बताउनु भयो । गौतमले सभासद उपेन्द्र यादव र अमरेशकुमार सिंहसहितका नेताहरुले कैलालीको टीकापुरमा गरेको विवादास्पद भाषणको अडियो संसदलाई बुझाउनु भएको छ ।

गौतमले बुझाएको अडियो अध्ययन र छानविनका लागि सम्बन्धित समितिमा पेश गर्न सभामुख नेम्वाङले सचिवालयलाई निर्देशन दिनु भयो । केही दिनअघिमात्र उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश कुमार सिंहले कैलालीको टिकापुरमा पुगेर उत्तेजक अभिव्यक्ति दिएपछि त्यसको चर्को बिरोध हुदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी