आज पनि जुम्लामा कर्फ्यु जारी

आज पनि जुम्लामा कर्फ्यु जारी

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ३२ साउन । 

जुम्लामा जारी आन्दोलन हिंसात्मक बन्न थालेपछि स्थानीय प्रशसनले हिजो साँझ ५ बजेदेखि लगाइएको कर्फ्यु आज पनि जारी छ ।

स्थानिय प्रशासन ऐन २०२८ को ६ क अनुसार जुम्ला एअरपोर्टदेखि पश्चिम, ट्राफिक कार्यालयदेखि पुर्व, छिना साँगुदेखि उत्तर र जुम्ला बहुमुखि क्याम्पस देखिको दक्षिणी क्षेत्रको भागमा कर्फ्यु आदेश जारी गरेको बताइएको छ ।

यसैबीच स्थानिय जनतालाई दैनिक उपभोग्य सामान खरीद बिक्रिका लागि आज बिहान १ घण्टाका लागि कर्फ्यु खुला गरिएको थियो । बिहान एक घण्टा लागि खुलाइएको कफ्र्यु ८ बजेपछि पुनः लगाएको छ ।

अर्को आदेश जारी नभए सम्मका लागि कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिनुभयो । कफ्र्यु लगाइएको क्षेत्र भित्र कोही कसैलाई आवात जावत नर्गन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी माथि प्रहरीले चलाएको गोली लागेर घाइते भएका ६ जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी