आज दोस्रो दिनपनि बन्द जारी, देशैभरको जनजीवन बिहानैबाट प्रभावित

आज दोस्रो दिनपनि बन्द जारी, देशैभरको जनजीवन बिहानैबाट प्रभावित

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, ३२ साउन ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, आदिवासी जनजाति र मधेस केन्द्रित दलले आह्वान गरेको बन्द आज दोस्रो दिनपनि जारी छ । बन्दका कारण काठमाडौ उपत्यका सहित देशैभरको जनजीवन बिहानैबाट प्रभावित बनेको छ ।

बन्दका कारण आज पनि लामो तथा छोटो यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् भने शैक्षिक संस्था, बजार पसल ठप्प रहेका छन् । उपत्यका भित्रिने र बाहिरिने सवारी साधन भने फाट्टफुट्ट मात्रमा चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसअघि हिजोको बन्दका क्रममा ठाउँ ठाउँमा तोडफोडमा उत्रेपछि पक्राउ परेका सबै बन्दकर्ताहरुलाई प्रहरीले रिहाइ गरिसकेको संघिय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले जानकारी दिनुभयो । कुनै अप्रिय घटना हुन नदिनका लागि बिहानैबाट चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिगामी संविधान ल्याउन खोजेको भन्दै नेकपा–माओवादि, संघिय समाजवादी फोरम नेपाल ,सामाजिक लोकतान्त्रिक फोरम ,संघिय लिम्बुवान पार्टी , संघिय जनतान्त्रीक मंच र विजय गच्छादार बाहेकका मधेश सम्बद्ध दलले संविधानको मस्यौदा खारेज गर्नुपर्ने माग सहित दुई दिने बन्दको आह्वान गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ