थारुहरुको माग सम्बोधन नभए संविधान जलाउने चेतावनी

थारुहरुको माग सम्बोधन नभए संविधान जलाउने चेतावनी

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ,३१ साउन ।

थरुहट स्वयत प्रदेशको माग गर्दै थारुहरुले गरेको लगातारको आम हड्तालले जनजीवन प्रभावित बनेको छ । अखण्डपक्षधरले २१ गतेदेखि २४ गतेसम्म आमहड्तालको घोषणा गरेका थिए तर थारुहरुले प्रादेशिक सिमांकनमा कैलाली कञ्चनपुरलाई ६ नम्बर प्रदेशमा राख्दा आफ्नो आन्दोलनलाई झन झन चर्काएका छन् । आइतबार नौंऔं दिनमा पनि क्याम्पस चौकबाट निकालिएको ¥याली जिल्ला प्रशासासन नजिक रोकिएको थियो । प्रदर्शनकारीहरु पानी परे पनि चर्का भाषण गर्न भने छोडेन् ।

प्रशासान नजिक भएको कोण सभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका जिल्ला इन्चार्ज नेपबहादुर थारुले दोस्रो संविधानले ल्याएको प्रादेशिक सिमांकनको खाका अनुसार संविधान जारी भए दोस्रो दिन नै संविधान जलाउने चेतावनी दिए । उनले भने ‘थरुहट स्वयत प्रदेशको माग गर्दै ३२ गते बृहत आम सभालाई विथोल्नको लागि विभिन्न तत्व लागि परेको बताउदै आफूलाई जिस्काउन खोज्नेहरुलाई कुनै हालतमा नछोड्ने चेतावनी दिए ।’
उनले राष्ट्रियताको रक्षाको लागि २ दिन नेपाल बन्द भएको जानकारी गराउदै प्रशासनले दमन गर्न खोजे आफूहरु प्रतिकार गर्ने बताउदै चार दलका चार नेताले  ल्याएको ६ प्रदेशको सिमांकन आफूहरुलाई मान्य नहुने बताए । यदि जबर्जति लागु गरे संविधान जारी भएकै दिन देखि विद्रोह गर्ने चेतावनी समेत दिए ।

त्यसै गरी संघिय समाजबादी फोरम नेपालका जिल्ला कोषअध्यक्ष सुनिता चौधरीले कैलाली कञ्चनपुरलाई पहाडी जिल्लामा गाभे तराइका जिल्लामा रगतका खोला बग्न सक्ने बताए । उता अखण्डसुदुर पश्चिमको मागलाई सम्बोधन भएको भन्दै आम हडतालको फिर्ता लिएका अखण्ड पक्षधरले ३२ गतेदेखि पुनः आमहड्ताल घोषणा गरेको विज्ञप्ती सार्वजनिक गरेका छन् ।

विज्ञप्तीमा थरुहट पक्षधरले ३२ गतेको आम हड्तालमा मधेशी नेता बोलाए नराम्रो हुने लेखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी