काठमाण्डौ,३१ साउन ।
सभामुख सुवास चन्द्र नेम्वाङले देशका बिभिन्न ठाउमा भइरहेका आन्दोलन र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउन गृहमन्त्री बामदेब गौतमलाई निर्देशन दिनु भएको छ ।
ब्यस्थापिका संसदको आजको बैठकमा बोल्ने सभासदहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएपछि सभामुख सुवास नेम्वाङले गृहमन्त्री गौतमलाई यस्तो निर्देशन दिनु भएको हो ।
बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी दिनु भएको छ । यस्तै सभासद द्धोय जनक चौधरी र लालबाबु रावतले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने संवैधानिक अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाउनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline