काठमाण्डौ,३१ साउन ।
व्यवस्थापिका–संसद्को बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतबाट स्वीकृत गरेको छ ।
बैठकले ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७१ र मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध–पहिलो संशोधन)विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
दुवै प्रस्ताव स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सदनसमक्ष प्रस्तुत गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline