राजधानीबाट सयौ माओबादी कार्यकर्ता पक्राउ : दर्जनौ सवारी साधनमा तोडफोड

राजधानीबाट सयौ माओबादी कार्यकर्ता पक्राउ : दर्जनौ सवारी साधनमा तोडफोड

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, ३१ साउन ।

नेकपा–माओवादी , आदिवासी जनजाति र मधेस केन्द्रित दलले आह्वान गरेको बन्दका कारण काठमाडौ उपत्यका सहित देशैभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले देशका बिभिन्न ठाउमा दर्जनौ सवारी साधनमा तोडफोड गरेका छन । बन्दको अबज्ञा गरेको भन्दै बन्दकर्ताले ललितपुरको ग्वार्कोमा ४  , महालक्ष्मी चोकमा २ , गाबाहालमा १ ,बबलमहलमा १ गाडीमा तोडफोड गरेका छन ।

पत्रकार ऋषि धमालाको कारमा पनि प्रर्दशनकारीले भृकृटिमण्डपमा तोडफोड गरेका छन । बन्द गराउदै हिडेका माओबादीका सयौ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दलित मोर्चाका बुद्धि नेपाली सहित ४० जनालाई प्रहरीले कंलकीबाट नियन्त्रणमा लिएको छ ।

रत्नपार्कबाट केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, संघीय समाजवादी फोरमका महासचिव राजेन्द्र श्रेष्ठ सहित २० जनालाई प्रहरीले पक्राउ गरेको माओवादी  प्रबक्ता पम्पा भुसालले जानकारी दिनुभयो । यसैगरी ललितपुरको कुपोन्डोलबाट जिल्ला इन्चार्ज राजकाजी महर्जन सहित १५ जना पक्राउ परेका छन ।

यस्तै पार्वती थापा तथा माओवादी केन्द्रीय सदस्य बद्री बजगाईं एयरपोर्टबाट पक्राउ परेका छन । प्रतिगामी संविधान ल्याउन खोजेको भन्दै नेकपा –माओवादी , संघिय समाजवादी फोरम नेपाल ,सामाजिक लोकतान्त्रिक फोरम ,संघिय लिम्बुवान पार्टी , संघिय जनतान्त्रिीक मंच र विजय गच्छादार बाहेकका मधेश सम्बद्ध दलले संविधानको मस्यौदा खारेज गर्नुपर्ने माग सहित आज बन्द गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी