काठमाडौ ३१ साउन ।
बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडीमा आगजनी गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–सुनवल सडक खण्डमा पर्ने तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा ट्रक र एक पिकअप भ्यानमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
ना ३ ख ६९ २६ नम्बरको ट्रक र बा १० च ३३ १३ नम्बरको पिकअप भ्यान तथा एक नम्बर नखुलेको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बन्दकै क्रममा ट्रक पल्टिँदा चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर भने खुल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline