काठमाडौ ३१ साउन ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मकवानपुरमा ६ वटा सवारी साधनमा तोडफोड भएका छन् । सदरमुकाम हेटौंडाका विभिन्न स्थानमा बन्दकर्ताले ५ वटा ट्रक र एउटा मोटरसाइकलमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले हेटौडा बसपार्क र बाइपासमा ना ५ ख ६६ ७४, ना ४ ख ४८ ८७, ना २ ख १२ ७९ र ना ३ ख ६५ ४८ नम्बरको चार वटा ट्रक तथा एचआर ५५ टी ०५ २४ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा तोडफोड गरेको मकवानपूर प्रहरी जनाएको छ ।
यसैगरी बुद्धचोकमा ना १७ प २३ १९ नम्बरको मोटरसाइकलमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।
जबरजस्ती बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले चार जना बनदकर्तालाई पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, आदिवासी जनजाति र मधेस केन्द्रित दलले आह्वान गरेको बन्दका कारण आज देशैभरको जनजीवन प्रभावित बनेको छ ।