काठमाडौ ३१ साउन ।
संविधान मस्यौदा समिति अन्तरगत गठन गरिएको मस्यौदा एकिकृत कार्यदलले नयाँ संविधान विधेयकको प्रारम्भिक खाका तयार गरेको छ ।
दलहरुबीच सहमति भइसकेका विषयलाई समेटेर विधेयकको प्रारम्भिक खाका तयार पारेको हो । सम्वाद समितिले सहमति गर्न नसकेर पठाएको केही महत्वपूर्ण विषयलाई भने मस्यौदा समितिले शीर्ष नेता सम्मिलित विशेष समितिलाई जिम्मा लगाएको छ ।
कार्यदलले तयार पारेको विधेयक आज बस्ने मस्यौदा समितिको पूर्ण बैठकमा पेश गर्ने तयारी भएको कार्यदलका सदस्य अइन्द्रसुन्दर नेमवाङले जानकारी दिनुभयो ।
संविधान सभाले गत बुधबार समितिलाई पाँच दिनभित्र विधेयक तयार पारी बुझाउन निर्देशन दिएको थियो । दलहरुबीच धर्मनिरपेक्षता, थ्रेसहोल्डको व्यवस्था, संवैधानिक अंगको पुनरनियुत्ति लगायतका विषयमा सहमति जुट्न बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline