माओवादीका २ पोलिटब्युरो सहित दर्जन बन्दकर्ता पक्राउ

माओवादीका २ पोलिटब्युरो सहित दर्जन बन्दकर्ता पक्राउ

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, ३१ साउन ।

नेकपा माओवादीसहितका दलहरुले गरेको बन्दको क्रममा प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको छ ।

बन्द गराउँदै हिडेका माओवादीका केन्द्रीय सदस्यसहित दुई दर्जन बढी कार्यकर्तालाई लाई काठमाडौंको विभिन्न ठाउाबाट पक्राउ गरेको हो। पक्राउ गर्न खोज्दा खोज्दा राजधानीको रत्नपार्कमा प्रहरी र बन्दकर्ताबीच झडप समेत भएको छ  ।

काठमाडौको रत्नपार्कबाट माओवादीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, संघीय समाजवादी फोरमका महासचिव राजेन्द्र श्रेष्ठ सहित २० जनालाई रत्नपार्कबाट पक्राउ गरेको माओवादी पोलिटब्युरो सदस्य दिनेश शर्माले जानकारी दिए ।

यस्तै, माओवादीका केन्द्रीय सदस्य पार्वती थापा, दलित मोर्चाका बुद्धि नेपाली लगायतलाई कलंकीबाट तथा माओवादी केन्द्रीय सदस्य बद्री बजगाई एयरपोर्टबाट पक्राउ परेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ