बिहानैदेखि बन्दकर्ता सडकमा , १सय २५ जना बन्दकर्ता पक्राउ

बिहानैदेखि बन्दकर्ता सडकमा , १सय २५ जना बन्दकर्ता पक्राउ

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ३१ साउन ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलले आह्वान गरेको बन्दका कारण बिहानै देखि जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताहरु बिहानैदेखि सडक तथा चोकहरुमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । बन्द गराउदै हिडेका १ सय २५ जना बन्दकर्तालाई प्रहरीले बिहानै राजधानीका बिभिन्न सडकबाट पक्राउ गरेको फोरम नेपालका नेता आङकाजी शेर्पाले जानकारी दिनुभयो ।

चावहिल , भोटाहिटी ,नयाँ बानेश्वर र कोटेश्वरबाट उनीहरुलाई पक्राउ गरेको उहाले बताउनु भयो ।

बन्दका क्रममा काठमाडौंको बबलमहलमा बिहानै बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड भएको छ ।

बन्दका बेलामा गाडी चलाएको भन्दै बन्दकर्ताले अरनिको राजमार्गमा गुड्ने सो बसमा तोडफोड गरेका हुन् ।

राजधानी उपत्यका सहितका काठमाडौं भित्रिने र बाहिरिने गाडी फाट्टफुट्ट मात्रै चलेका ट्राफिक प्रहरीले जनाएको छ ।

बन्दमा हुने सक्ने अराजक गतिविधि रोक्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । बिहानैदेखि चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिगामी संविधान ल्याउन खोजेको भन्दै नेकपा –माओवादि , संघिय समाजवादी फोरम नेपाल ,सामाजिक लोकतान्त्रिक फोरम ,संघिय लिम्बुवान पार्टी , संघिय जनतान्त्रिीक मंच र विजय गच्छादार बाहेकका मधेश सम्बद्ध दलले संविधानको मस्यौदा खारेज गर्नुपर्ने मागसहित आज बन्द गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी