काठमाण्डौ, ३० साउन ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले प्रचण्डले बारम्बार धोका दिए पनि नयाा जनवादी क्रान्ति नरोकिने बताउनुभएको छ । राजधानीको संवादडबलीमा अखिल नेपाल जनसंस्कृतिक महासंघकोआयोजनामा कवि गौरी दाहालको साहित्यिक कृति खण्डकाव्य सार्बजनिकीकरण कायक्रममा यस्तो बताउनुभएको हो ।
चारदलहरुले ल्याउने जनविरोधि संविधान कुनै पनि हालतमा नमान्ने पनी उहााले बताउनसभयो । प्राज्ञ अमर गिरि, प्रा.डा. जगदिश चन्ऽ भण्डारी, कवि आहुती लगायतले कृतीको समालोचना गर्नुभएको थियो ।
यसैविच प्रदेश सीमांकनको विरोधमा बैद्य नेतृत्वको नेकपा –माओवादीसहित ४ राजनीतिक पार्टीहरुले बन्द लगायतका आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका छन् ।
नेकपा माओवादीसहित संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक र सद्भावना पार्टीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर भोलीदेखि बिभिन्न आन्दोलनका कार्यक्रम गर्ने जानकारी गराएका हुन् ।
नागरिक समाज, मानव अधिकारकर्मी, सामाजिक कार्यकर्ता, पत्रकार लगायतले आन्दोलन तथा हड्ताललाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेका छन् ।