नवलपरासीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, सात जना घाइते

नवलपरासीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, सात जना घाइते

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

 काठमाडौं, ३० साउन ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बासामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तीन जना प्रहरी सहित सात जना घाइते भएका छन्  । बन्द रहेका गाडी खुलाउने क्रममा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी र प्रर्दशनकारी घाइते भएका हुन् ।

बन्दकर्ताले  नवलपरासी क्षेत्र नम्बर ४ का  एमाले सभासद  बैजनाथ चौधरीको घरमा आक्रमण गर्न खोजेपछि हवाइफायर पनि गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो  । बन्दकर्ताले भने प्रहरी गोली चलाएको आरोप लगाएका छन्  ।

प्रहरीले भीडलाई तिररवितर पार्न केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ   । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै नवलपरासीको बासाबसाही र तुलसीनगर क्षेत्र  पनि तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्ग्स्थित बासामा सडक अवरुद्ध गरेका आन्दोलनकारीमाथि प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनकारीले हिजो साँझ एमाले परासीस्थित पार्टी कार्यालय तोडफोड गरेका थिए । यसैबीच नेकपा एमाले नवलपरासीले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी