काठमाडौं ३० साउन ।
संविधान निर्माणमा देखिएको विवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिको बैठक अपराह्न ४ बजेका लागि सरेको छ ।
यसअघि बैठक विहान ११ बजेका लागि बोलाएकोे थियो ।
सिंहदरबारमा बस्ने बैठकमा धर्म निरपेक्षाता, थ्रेसहोल्ड, संवैधानिक निकायका पदाधिकारीहरुको पुनर्नियुक्ति लगायतका विषयमा छलफल गरी टुङ्गो लगाउने बताइएको छ ।
शीर्ष नेताहरु रहेको विशेष समितिले विवादित विषय टुङ्गो लगाएपछि सम्वाद समितिले मस्यौदामा समावेस गर्नेछ । प्रदेशकोे सीमांकनका विषयमा भइरहेको विवाद, त्यसलाई सम्वोधन गर्ने विकल्पका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।
दलहरुले कर्णालीलाई प्रदेशको सीमा कायम राखेर विशेष क्षेत्र बनाउने गरि छलफल गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline