काठमाडौ ३० साउन ।
राष्ट्रपति डा. रामवरण यादवले आज विषेश समिति सम्बद्ध शिर्ष नेताहरुसँग छलफल गर्दै हुनु हुन्छ ।
प्रदेशको सिमांकनका विषयमा पुनरविचार गर्ने विषयमा दलहरुबीच छलफल चलिरहेका बेला राष्ट्रपति यादवले विशेष समिति आवद्ध दलका शिर्ष नेतृत्वसँग छलफल गर्न लाग्नु भएको हो ।
राष्ट्रपति भवन सितल निवासमा साँझ ७ बजे हुने छलफलमा राष्ट्रपति यादवले संविधान निर्माणको पछिल्लो चरणमा भइरहेको प्रगतिका साथै सिमांकनका विषयमा विभिन्न पक्षबाट व्यक्त भएका असन्तुष्टीबारे शिर्ष नेताहरुसँग छलफल गर्ने बताइएको छ ।
छलफलका लागि उहाले प्रमुख दल कांग्रेस, एमाले, एकिकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका शिर्ष नेतासहित सम्वाद समितिका सभापतिलाई बोलाउनु भएको छ ।
प्रदेशको सिमांकनका विषयमा कतिपय दलहरुले जनाएको असन्तुष्टी सम्बोधन नभएको भन्दै राष्ट्रपति यादवले सबै पक्षलाई मिलाएर लैजाने विषयमा शिर्ष नेताहरुको ध्यानाकर्षण गराउनु हुने स्रोतले बताएको छ ।