भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री कोइरालाको शुभाकामना

भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री कोइरालाको शुभाकामना

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ३० साउन । 

प्रधानमन्त्री सुशिल कोइरालाले सन् १९४७ मा भारतमा भएको स्वतन्त्रता सङ्ग्राम २० औं शताब्दीको महत्वपूर्ण घटना भएको बताउनु भएको छ ।

भारतको ६९ औं स्वतन्त्रता दिवसका अवसरमा पठाउनु भएको शुभाकामना सन्न्देशमा  उहाले सो कुरा उल्लेख गर्नुभएको हो ।

भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाउनु भएके सन्देशमा उहाले भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना पनि गर्नु हुदै उक्त सङ्ग्रामले भारतमा मात्र नभएर अफ्रिकी मुलुकमा संघर्षको चेतना जागृत गरेको उल्लेख गर्नुभएको छ ।

भारतको स्वतन्त्रता सङ्ग्राममा बिपी कोइरालाको संलगनताले स्वतन्त्रता र आत्मसम्मानका लागि नेपालको प्रतिवद्धता प्रतिविम्बित भएको उल्लेख गर्नु हुदै उहाले सन्देशमा विपीले तयार पारेको आधारशीलामा खडा भएको नेपाल भारत सम्बन्ध आजपर्यन्त सुदृढ रहेको बताउनुभयो । भारतले हरेक अगस्ट १५ तरिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी