अब आदिवासी जनजातिले पनि दुई दिन नेपाल बन्द गर्ने

अब आदिवासी जनजातिले पनि दुई दिन नेपाल बन्द गर्ने

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, २९ साउन । संविधानको मस्यौदामा आदिवासी जनजातीको मुद्दालाई सम्बोधन नगरेकोप्रति घोर आपत्ति प्रकट गर्दै नेपाल आदिवासी जनजाती महासंघले देशब्यापी आन्दोलन र बन्दको कार्यक्रम घोषणा गरेको छ ।

प्रमुख चार राजनीतिक दलको सहमतिमा ल्याएको नामाङ्कन र सिमाङ्कन विनाको ६ प्रदेशप्रति गम्भिर असहमति जनाउदैं धर्म निरपेक्षता, समानुपातिक र समावेशीता लगायतका आदिवासी जनजातीका मुद्दालाई सम्बोधन नगरेकाले महासंघ आन्दोलित भएको हो ।

महासंघले नेपाल बन्द लगायत भदौं १० गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको सभासद् तथा महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै सभासद् तथा महासंघका महासचिव पेम्बा भोटेले महासंघले भदौ १ गते संविधानको मस्यौदा जलाउने, भदौ १ देखि भदौ ५ सम्म जिल्लाहरुमा खबरदारी सभा गर्ने, भदौ १ गते धर्म निरपेक्षता सुनिश्चितताबारे आदिवासी सभासद्संग छलफल गर्ने बताए ।

यसैगरी महासंघले भदौ २ गते शेर्पाहरुको सम्पूर्ण संघसंस्थाहरुको किदुकहरुको नेतृत्वमा बौद्धदेखि बानेश्वरसम्म सांस्कृतिक दबाबमूलक र्‍याली, भदौ ४ गते ताम्समलिङ मार्चपाससहित बानेश्वर घेराउ, भदौ ५ गते शान्तिवाटिकाबाट साँझ मसाल जुलुस गर्दैछ ।

भदौ ६ र ७ गते नेपाल बन्द, भदौ ५ गते सभासद्हरुसंग निर्णायक छलफल र भदौ ८ देखि १० गतेसम्म प्रान्तीय प्रदेश तथा स्वायत्त क्षेत्रहरुमा आमसभा गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा कुमालले आदिवासी जनजातिको मुद्दाको सम्बोधन नभएसम्म आदिवासी आन्दोलन चलिरहने भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी