जनजाति महासंघद्वारा नेपाल बन्दको घोषणा

जनजाति महासंघद्वारा नेपाल बन्दको घोषणा

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,२९ साउन ।

नेपाल आदिवासी जनजाती महासंघले भदौ ६ र ७ गते  नेपाल बन्दको घोषणा गरेको छ । संविधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दा सम्बोधन नगरेको भन्दै महासंघले बन्द घोषणा गरेको हो ।

६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै जनजाति महासंघले भदौ १ गते संविधानको मस्यौदा जलाउने, २ गते दबाबमूलक याली, भदौ ४ गते मार्चपाससहित बानेश्वर घेराउ र भदौ ५ गते शान्तिवाटिकाबाट मसाल जुलुस निकाल्ने जनाएको छ ।

जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले आदिवासी जनजातिको मुद्दाको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी