दाङका विद्यालयहरु आजबाट सन्चालनमा

दाङका विद्यालयहरु आजबाट सन्चालनमा

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २९ साउन ।

थरुहट स्वायत्त प्रदेशको माग गर्दै थरुहट र थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण बन्द रहेका दाङका विद्यालय  आजदेखि सन्चालनमा आउने भएका छन् ।

नेपाल पत्रकार महासंघ दाङको पहलमा भएको सर्वपक्षीय छलफलपछि जिल्लाका सम्पूर्ण विद्यालय खुल्ने समहती भएको संघर्ष समितिले जनाएको छ ।

उद्योग वाणिज्य संघ, नागरिक समाज, मानव अधिकारकर्मी, प्याब्सन लगायतका हिजो भएको सर्वपक्षीय छलफलले विद्यालय खोल्ने सहमति गरेको हो ।

६ प्रदेशको सीमांकन गर्दा थारु समुदायलाई पहिचान र अधिकारबाट बन्चित गराएको भन्दै संघर्ष समितिले आगामी साउन ३२ गतेसम्म थारुवान क्षेत्र बन्दको आह्वान गरेको हो ।

विद्यालय खुलेसँगै विद्यालय बसहरुलाई पनि सञ्चालन गर्न दिने थारु युवा नेता सन्तोष दहितले जानकारी दिनुभयो । दिनभर बन्द भएपनि साँझ ५ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्मको खुला गरिएको संघर्ष समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ