विभिन्न १५ सशस्त्र समूहको मुद्दा फिर्ता लिन सम्वाद समितिको निर्देशन

विभिन्न १५ सशस्त्र समूहको मुद्दा फिर्ता लिन सम्वाद समितिको निर्देशन

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २९ साउन ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले हतियार बुझाएका १५ सशस्त्र समूहको मुद्दा फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ ।

संविधानसभा बाहिरका राजनीतिक दल र सशस्त्र समूहसँग भएका सहमति र सम्झौता कार्यान्वयन सुझाव कार्यदल २०७१’ अनुसार गठन गरिएको वार्ता उपसमितिसँग हतियार बुझाएर संवादमा आएका सशस्त्र समूह आबद्ध व्यक्तिका सबै मुद्दा फिर्ता लिन समितिले सरकारलाई निर्देशन दिएको हो ।

सभासद आनन्द प्रसाद ढुंगाना संयोजक रहेको उपसमितिले २२ वटा सशस्त्र समूहसँग विभिन्न चरणमा वार्ता गरेको थियो । जसमध्ये १५ वटाले सबै हतियार प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएका थिए ।

समितिले राजनीतिक मुद्दाको प्रकृतिअनुसार तत्काल मुद्दा फिर्ता लिन सकिने मुद्दा र फिर्ता लिइने व्यक्तिको पहिचानका लागि कार्यविधि बनाउन पनि निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी