काठमाण्डौ, २८ साउन ।
नेपाली कांग्रेसको महाधिवेसन फेरि पछि सर्ने भएको छ । संविधान निर्माण प्रक्रिया र महाधिवेसनसंगै पर्ने भएकाले महाधिवेशन सार्ने विषयमा नेताहरुबीच छलफल सुरू भएको छ । पार्टीको महाधिवेशन कति पछि सार्ने भन्ने विषयमा आगामी केन्द्रिय समितिको बैठकमा छलफल हुनेछ ।
केन्द्रीय समितिको बैठकबाट विशेष निर्णय गरेर चार महिना पर सार्ने विषयमा छलफल सुरु भएको एक नेताले जानकारी दिएका छन् ।
भदौमा हुने गाउँ अधिवेशन, संविधान निर्माणका कारण सम्भव नदेखिएकाले महाधिवेशनको मिति मंसिरमा सारेर सबै प्रक्रिया पछि धकेल्ने विषयमा पार्टिमा छलफल भइरहेको छ ।
नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि महाधिवेशन अनिश्चित भएको बताउनुभयो । उहाँले अहिलेसम्म हुनुपर्ने कुनै पनि तयारी नदेखिएको समयमा महाधिवेशन हुने सम्भावना कम भएको पनी बताउनुभयो ।
महाधिवेशनका लागि तोकिएको मिति आउन ३७ दिन मात्र बाँकी रहँदा कांग्रेसले त्यसको कुनै तयारी भने थालेको छैन । सदस्यता छानबिन टुंगो लाग्न नसक्दा गाउँ अधिवेशनसमेत प्रभावित हुने भएको छ । भदौ १७ गते गाउँ अधिवेशन तोकिएको छ, त्यसका लागि सदस्यता सूची समेत तयार भएको छैन ।