काठमाण्डौ,२८ साउन ।
मगरात संघर्ष समितिले मध्यपश्चिम र त्यसवरपरका १८ जिल्लालाई अलग्गै मगरात प्रदेशको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरेर समितिले मगरात भूमि र सामाजिक संरचनालाई टुक्राएर नयाँ नेपाल निर्माण हुन नसक्ने निष्कर्ससहित स्वायत्त मगरात प्रदेश स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रम अनुसार भोली केन्द्रमा प्रधानमन्त्री सुशील कोइराला, संवाद समितिका सभापति डा. बाबुराम भट्टराई र प्रमुख तीन दलका शीर्ष नेताहरुलाई विरोध पत्र बुझाइने मगर राष्ट्रिय मुक्ती मोर्चाका नेता लिलबहादुर मगरले जानकारी दिनुभयो ।
त्यसैगरी घोषित कार्यक्रम अनुसार ३० गते सरोकारवाला निकायसँग छलफल तथा अन्तर्क्िरया, भदौ ३ गते संविधानसभा भवन अगाडि विरोधसभा र घेराउको कार्यक्रम छ । पहिलो चरणको आन्दोलनबाट पनि आफ्ना माग संबोधन नभए दोस्रो चरणमा अनिश्चितकालीन आमहडताल गर्ने मोर्चाले चेतावनी दिएको छ ।