काठमाण्डौ,२८ साउन ।
तामाङ सञ्चार समूहले हरेक बर्ष प्रदान गर्दै आएको तामाङ मिडिया अवार्ड यसबर्ष सिन्धुलीका भक्तबहादुर स्याङतान र भोजपुरका बुद्धप्रसाद तामाङलाई प्रदान गर्ने भएको छ ।
भदौ १ गते तामाङ प्रसारण दिवसको अबसरमा पारी समुहले रेडियो नमोबुद्ध काभ्रेका स्टेशन म्यानेजर स्याङतान र औजार दैनिकका सम्वाददाता तामाङलाई तामाङ मिडीया अवार्ड २०७२ दिने भएको हो ।
बिभिन्न जिल्ला शाखाहरुबाट प्राप्त सिफारिसहरुमध्येबाट दुईजनालाई छनोट गरिएको समूहले जनाएको छ । रेडियो नेपालबाट पहिलोपटक २०५१ भदौ १ गते तामाङ भाषामा समाचार प्रसारण भएको सम्झनामा तामाङ सञ्चार समूहले प्रत्येक वर्ष भदौ १ गतेका दिन तामाङ प्रसारण दिवस मनाउँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline