काठमाण्डौ,२८ साउन ।
गृहमन्त्री बामदेब गौतमले सुर्खेत र जुम्लामा प्रहरीले गोली चलाएको घटनाको बचाउ गर्नुभएको छ ।
व्यवस्थापिका संसदको बैठकमा सरकारका तर्फबाट जवाफ दिदै गौतमले प्रशरीले संयमता अपनाउदा अपनाउदै पनि प्रदर्शनकारकिो गतिबिधि नियन्त्रण बाहिर गएकाले प्रहरीले बाध्य भएर गोली चलाएको बताउनु भएको छ
संविधानको प्रारम्भिक मस्यौदामा असहमति जनाउँदै देशका विभिन्न भागमा भएका प्रदर्शन, सडक दुर्घटना एवम् बाढी पहिरोलगायत जस्ता प्राकृतिक प्रकोपले उत्पन्न गरेका क्षतिका बारेमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री गौतमले सुर्खेतमा प्रदर्शनकारीले काँग्रेस, एमाले र एकीकृत नेकपा माओवादीको कार्यालयमा आगजनी तथा सांसदद्वय पूर्णबहादुर खड्का र हृदयराम थानीको घरमा क्षति पुर्याएको जानकारी दिनुभयो ।
उहाले जुम्लामा समेत प्रदर्शनकारीले स्थानीय सरकारी कार्यालय घेराउ गरी अखण्ड कर्णालीको माग गरेको र सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गर्न बाध्य भएको बताउनु भयो । नवलपरासी, बागलुङ, रुकुम, कैलालीलगायत जिल्लामा विभिन्न माग राखी भएको प्रदर्शन र काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि भएको सडक दुर्घटनाबारेमा समेत जानकारी दिनु भएको थियो ।
यस्तै बैठकमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति ऐन र वन ऐन संशोधन गर्न लागिएको जानकारी दिनु भयो । उहाले सम्भावित पहिरो अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम काम सुरु गरिएको बताउँदै तराईमा नदी नियन्त्रण गर्न तटबन्धमा काम भइरहेकोे बताउनु भयो ।