संविधानसभाबाट चाडै संविधान जारी हुने शीर्ष नेताहरुको भनाई

संविधानसभाबाट चाडै संविधान जारी हुने शीर्ष नेताहरुको भनाई

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२८ साउन ।

प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताले संविधानसभाबाट चाडै संविधान जारी हुने बताएका छन ।

व्यवस्थापिका संसदको आजको बैठकमा सम्बोधन गर्दै कंग्रेस एमाले एकीकृत माओवादीका नेताले सबै क्षेत्रको अधिकार सुनिश्चित गर्दै संविधान जारी हुने बताएका हुन् । उनीहरुले सबै पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह पनि गरेका छन ।

संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एबम काग्रेस सभापति सुशील कोइरालाले संघीयताका सवालमा जनताले उठाएका माग सम्बोधन गर्न तयार रहेको भन्दै सबै जनताको अधिकार सुनिश्चित गरी संविधान जारी गरिने बताउनुभयो । उहाले वार्ता र सम्वादबाटै समाधान खोज्न सकिने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन सबैपक्षसंग आग्रह गर्नुभएको छ ।

संविधान जारी गर्ने प्रक्रिया नरोकिँदै बताउदै कोईरालाले अहिले भइरहेका केही घटना संविधान विरोधी भएकाले प्रहरी प्रशासन चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

यस्तै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले चार दलबीच भएको सम्झौता र सहमतिबाट विजेता भएपनि एउटै राजनीतिक विचार नहुँदा राजनीतिक जटिलतामा फसेको बताउनु भयो ।

दाहालले इतिहासको अगाडि आफूहरुले गरेको प्रतिबद्धतामा फर्केको बताउनु भयो । उहाँले संविधानसभाबाट संविधान निर्माणमा सहमती भएको भन्दै संविधान निर्माणलाई टुंगोमा पु¥याउने जिम्मेवारी सबैको भएको बताउनु भयो ।

कुनै पनि समाजमा राज्यद्वारा विभेदमा पारिएका वर्ग समुदाय र क्षेत्रका अधिकार संस्थागत गर्ने प्रक्रिया संविधानसभा भएको दाहालको भनाइ थियो ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न आन्दोलनका उपलब्धि संस्थागत गर्ने विशेष मोडमा संविधानसभा आइपुगेको भन्दै विरोधी शक्तिप्रति सजग हुनुपर्ने बताउनुभयो । संविधान निर्माणको प्रक्रियामा असन्तुष्ट दलको माग सम्बोधन गरीने उहाँको भनाई छ ।

उहाले सीमांकनका बिषयमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित लगायत मध्यपश्चिम र सुदूरपश्चिमका जनताले उठाएका कतिपय जायज मागलाई सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले फरक मतसहित सीमांकनमा पार्टीभन्दा देश ठूलो हो भनेर हस्ताक्षर गरेको बताउनु भयो । उहाले त्यसैगरी बाँके बर्दिया, कैलाली कञ्चनपुरका थारुहरुलाई स्वायत्तता नदिएसम्म संविधान लागू नहुने बताउनु भयो ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने दलहरुले निषेधको राजनीति गरेको आरोप लगाउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी