आन्दोलन फिर्ता लिन सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह

आन्दोलन फिर्ता लिन सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ,२८ साउन ।

प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत सबै पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले वार्ता र सम्वादबाटै समाधान खोज्न सकिने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभयो  ।

उहाले सबैका अधिकार संविधानमा उल्लेख हुने भन्दै बिश्वासमा रहन अनुरोध गर्नुभयो । प्रधानमन्त्री कोइरालाले प्रदेश सीमांकनको विषयलाई लिएर बिभिन्न जिल्लामा भइरहेको आन्दोलन र त्यहाँका जनताले राखेको मागप्रति प्रमुख दलका शीर्ष नेताहरु अत्यन्त गम्भीर रहेको बताउनु भएको छ ।

संविधान जारी गर्ने प्रक्रिया नरोकिँदै बताउदै उहाले अहिले भइरहेका केही घटना संविधानविरोधी भएकाले प्रहरी प्रशासन चुप लागेर नबस्ने चेतावनी दिनुभयो । सुर्खेत लगायताका जिल्लामा भएको आन्दोलनमा दुःखद घटना भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ