संविधानको अन्तिम मस्यौदा तयार पार्ने कार्य शुरु

संविधानको अन्तिम मस्यौदा तयार पार्ने कार्य शुरु

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ,२८ साउन ।

मस्यौदा समितिले आजदेखी संविधानको अन्तिम मस्यौदा तयार पार्ने काम शुरु गरेको छ ।

बिहान बसेको मस्यौदा  समितिको वैठकले संविधानसभाले पठाएको प्रतिवेदन समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरेको छ । सभासहरुले मस्यौदा अध्ययन गरेपछि आजै दिउसो २ बजे पुन बैठक बस्ने समितीका एक सदस्यले जानकारी दिएका छन ।

समितीले जनताको सुझाव समेटेर विद्येयक तयार पारेपछि सभासद्लाई वितरण गर्ने, विद्येयकमाथी सामान्य छलफल गर्ने, त्यसमाथी सभासदहरुलाई संशोधन हाल्न समय दिने र विद्येयकमाथी दफावार छलफल गरि पारित गरिनेछ ।

संविधानसभाले जनताको सुझावसहितको प्रारम्भीक मस्यौदालाई विद्येयक निर्माणका लागी हिजो मस्यौदा समितिमा पठाएको थियो । संविधानसभाले संवाद समितिको प्रतिवेदनका आधारमा संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गरी बढीमा ५ दिनभित्र संविधान विद्येयक तयार गर्न मस्यौदा समितिलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी