काठमाण्डौ ,२८ साउन ।
संबिधानसभको मस्यौदा समितिले आजदेखि संविधानको अन्तिम मस्यौदा (संविधान विधेयक ) तयार पार्ने काम सुरु गर्दै छ ।
योजनाअनुसार सबै काम अघि बढे साउन मान्तभित्रै जनताका सुझावका आधारमा मस्यौदा परिमार्जन भई संबिधानको विधेयक तयार हुनेछ ।
मस्यौदा समितिले संविधानसभाले संवैधानिक राजनीतिक संवाद समितिको प्रतिवेदनका आधारमा संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गरी बढीमा ५ दिनभित्र संविधान विधेयक तयार पार्नु पर्ने छ ।
मस्यौदा समितिले संवाद समितिको प्रतिवेदनअनुसार मस्यौदालाई एकरुपता प्रदान गर्ने र उठेका अन्य विषयलाई थपघट गर्ने अधिकार पाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline