रोजगारीका लागि क्यानडा पठाइदिने भनी रकम ठगी गर्ने पक्राउ

रोजगारीका लागि क्यानडा पठाइदिने भनी रकम ठगी गर्ने पक्राउ

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, २७ साउन 

रोजगारीका लागि क्यानडा पठाइदिने भनी रकम ठगी गर्ने काठमाडौं महानगरपालिका–१४ रविभवन बस्ने ५३ वर्षीय उत्तम महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको काठमाडौं कालीमाटीबाट पक्राउ गरेको छ ।

वैदेशिक रोजगार मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ २९ को फैसलाले २ वर्ष कैद र २  लाख रुपैयाा जरिवाना ठहर भई कैद तथा जरीवाना बेरुजु रही महर्जन हालसम्म फरार रहेका थिए । उनलाई मंगलबार पक्राउ गरिएको हो ।
महर्जनले वैदेशिक रोजगारीकालागि क्यानडा पठाइदिने भनी काठमाडौं कीर्तिपुर नगरपालिका–१० बस्ने ज्ञानीछोरी महर्जन र उनका पति राजकुमार महर्जनबाट २०६५ माघ १५ गते
जनही ९ लाख ६५ हजार गरी जम्मा १९ लाख ३० हजार रुपैयाा र काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने उदयपुर चौदण्डी–५ का हरि रेग्मीबाट २०६५ पुस २७ गते १५ लाख ८१ हजार रुपैयाा बराबरको रकम तमसुक कागज गरी लिएका थिए । रोजगारीको लागि नपठाई रकम ठगी गरेकाले महर्जनद्वयको मुद्धामा २० लाख २५ हजार तथा रेग्मीको मुद्धामा ९ लाख ४६ हजार ५ सय रुपैयाा बिगोसमेत भराउने गरी कैद तथा सजायको उक्त न्याधिकरणबाट फैसला भएको थियो ।
पक्राउ महर्जनलाई फैसला कार्यान्वयनको लागि ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी