काठमाण्डौ,२७ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले ६ प्रदेशको सीमांकनलाई लिएर उठेका जायज मागलाई आफनो पाटीले सम्बोधन गर्ने तर आवेस र उत्तेजनाको भरमा आन्दोलन गर्नु वेठीक हुने बताउनु भएको छ ।
संविधानसभा भवनमा आफनै सभासद्संगको भेटबार्तामा अध्यक्ष ओलीले जायज माग उठ्नु राम्रो भएको भन्दै आवेश र उत्तेजनामा भइरहेका आन्दोलन ठिक नभएको टिप्पणी गर्नु भयो ।
उहाले परिमार्जित मस्यौदा सहमतिको दस्तावेज भएपनि तर्कपूर्ण र औचित्यपूर्ण माग समेट्न प्रयास गरिने बताउनु भयो ।
प्रदेशलाई लिएर जसरी आगो बाल्न खोजिएको छ, त्यसका लागि एमाले दमकल बन्न तयार छ,आन्दोलन चर्काउन खोजेको ठाउंमा लेप लगाइने छ ओलीले भन्नु भयो ।
उहाले प्रमुख दलहरुले क्षेत्रीय र जातिय रुपमा नभई विकास र न्यायका लागि ६ प्रदेशको खाका तयार पारेको भन्दै त्यसलाई सहि दंगले बुझन आग्रह गर्नुभयो । मस्यौदामा परिमार्जन गर्न सकिने भएपनि सबैको माग सम्वोधन गर्न नसकिने बताउनु भयो ।