साउन २७, काठमाडौं
संवाद समितिका सभापति बाबुराम भट्टराईले पहिचान र सामथ्र्यकै आधारमा ६ प्रदेशको सीमांकनको निर्णय भएको बताउनु भएको छ ।
केही जिल्लामा भएका आन्दोलनप्रति गम्भीर भएको भन्दै उहााले सबैको पहिचान समेट्न नसकेपनि ६ प्रदेशको अवधारणा अहिलेको परिस्थितिमा उपयुक्त भएको बताउनुभयो । मस्यौदा अन्तिम नभएकाले परिमार्जन गर्न सकिने र सीमांकनका लागि संघीय आयोग गठन गरिने भएकाले धेरै विवाद आवश्यक नभएको बताउनु भयो ।
जातिय पहिचानको सन्दर्भमा उठेको माग सम्वोधनका लागि विशेष संरचना तय गर्न सकिने बताउनुभयो । उहाले संघीयतामा जाादा अखण्ड क्षेत्रको माग गर्नु गलत भएको बताउनुभयो । भट्टराईले भन्नु भयो– संघीयतामा जाादा मुलुक अखण्ड हुनु हो, क्षेत्र वा जिल्ला अखण्डको माग गर्नु त्यसको मर्म अनुसार हुादैन । उहााले जनताको माग भन्दै नेताले अखण्डको माग गर्नु ठिक नभएको चर्चा गर्नु भयो ।