जाजरकोट सरकारी कार्यालय सहित बन्द, जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना

जाजरकोट सरकारी कार्यालय सहित बन्द, जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

जाजरकोट, २७ साउन ।

मध्यपश्चिम प्रदेशको माग गर्दै चार दिन पहिले देखि थालिएको आन्दोलन वुधवार पनि पूर्णरुपमा जाजरकोट वन्द रहयो ।

जिल्लाको जनजीवन अत्यन्तै कष्टकर वन्दै गैरहेको भएपनि स्वतफुर्त रुपले जाजरकोटीहरु आन्दोलनमा जुटिरहेका छन् ।

आन्दोलनकारीहरुले एक घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्णा दिएका थिए भने, जिल्ला सदरमुकाममा रहेका जिल्ला पशुसेवा कार्यालय, नापी, मालपोत, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला शिक्षा, कार्यालय, जिल्ला विकास समितिको ककार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला आयुवेद्ध स्वास्थ्य केन्द्र, कोष लेखा नियन्त्रण कार्यालय, महिला तथा वालवालिका कार्यालय लागाएतका कार्यालयका ढोकाहरु वन्द गर्दै ढोका र साईनवोर्डहरुमा मध्यपश्चिम प्रदेश लेखिएको स्टिकर टाँसेर सरकारी काम कारवाहीलाई वन्द गराएको सयुक्त आन्दोलन परिचालन समितिका संयोजक राजेन्द्र विक्रम शाहले वताए ।

मध्यपश्चिम प्रदेशको माग गर्दै जिल्लामा चलाईएको आन्दोलनलाई मर्यादित र शान्तिपूर्ण वनाउनका लागी अत्यन्तै गम्भिरतापूर्वक आन्दोलनको कार्यक्रम तय गर्दै आएको संयोजक शाहले जानकारी दिए ।
कुनै पनि आन्दोलनको स्वरुप नापेतौले जस्तो नहुने विगत आन्दोलनहरुले सिकायको प्रहरी निरिक्षक पशुराम मल्लले वताए ।
निरिक्षक मल्लले जिल्लाका आन्दोलनकारीहरुलाई संमेम्ता अपनाउन हुन आग्रह गरे । वुधवार संञ्चालन गरिएको आन्दोलनमा राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनीधिहरु नागरिक समाज, वुद्धिजीवि, शिक्षक, विद्यार्थी, व्यापारी र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरकारी तथा गैरर सरकारी कार्यालयका प्रतिनीधिहरुको पनि सहभागिता रहेको सयुक्त आन्दोलन परिचालन समितिले जनाएको छ ।
राजनैतिक दलका सिर्षस्त नेताहरुको टोलीले पत्रकार सम्मेलन गरि आफ्ना पार्टी कार्यकर्ताहरुलाई आन्दोलनमा नलाग्न निर्देशन दिए पनि जाजरकोटमा थालिएको नागरिक आन्दोलनमा सहभागि राजनैतिक पार्टी जिल्ला तहका नेता तथा कार्यकर्ताहरुले वेवास्था गरि आन्दोलनमा सहभागी भएका छन् ।

सदरमुकाम खलंगाको ठाटीवजारवाट सुरु भएको आन्दोलनकारीहरुको नारा जुलुस सहितको टोली गैरीखाली, पिपलडाँडा हुदै जिल्ला प्रशासन कार्यालय अगाडी गएर एक घण्टा धर्ना दिएर गैरी खालीमा गै कोण सभामा परिणत भएको थियो ।
आन्दोलनकारीहरुले ६ नम्वर प्रदेशको सिमाङ्कन खारेज गर्नु पर्ने, मध्यपश्चिम प्रदेश कायम गर्नु पर्ने र मध्यपश्चिम प्रदेशको राजधानी सुर्खेमा वनाईनु पर्ने माग राख्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी