काठमाडौं,२७ साउन ।
संविधानसभाले बढीमा पाँच दिनभित्र परिमार्जित मस्यौदा तयार पार्न मस्यौदा समितीलाई निर्देशन दिएको छ । संबिधान सभाले आज परिमाजिर्त मस्यौदा तयार पार्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाएको छ ।
संविधानसभामा पेश गरेको प्रतिवेदनमाथिको छलफल आज सकिएपछि अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई बढीमा पाँच दिनको समय दिइएको छ । संबिधान सभामा संवाद समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा १ सय ८१ जना सभासदले भाग दिएका थिए ।
सभासदले छलफलमा भाग लिनेक्रम सकिएपछि संविधानसभाले अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई भनेको हो ।नेपकिपाले भने प्रतिवेदन मस्यौदा समितिमा पठाउने निर्णयको विरोध गरेको थियो । यसअघि संविधानसभामा प्रतिनिधित्व गर्ने पाँच दलले बैठक बहिष्कार गरेका थिए ।
केही दलहरुको बहिस्कार बिच पनि चलेको सबिधान सभा बैठकले अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई ५ दिनको समय सिमा दिएको छ ।