६ प्रदेशको सीमांकनलाई लिएर उठेका जायज मागलाई सम्बोधन गरीन्छ : ओली

६ प्रदेशको सीमांकनलाई लिएर उठेका जायज मागलाई सम्बोधन गरीन्छ : ओली

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,२७ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले ६ प्रदेशको सीमांकनलाई लिएर उठेका जायज मागलाई आफनो पाटीले सम्बोधन गर्ने बताउनु भएको छ ।

संविधानसभा भवनमा आफनै सभासद्संगको भेटबार्तामा अध्यक्ष ओलीले जायज माग उठ्नु राम्रो भएको भन्दै आवेश र उत्तेजनामा भइरहेका आन्दोलन ठिक नभएको टिप्पणी गर्नुभयो ।
उहाले परिमार्जित मस्यौदा सहमतिको दस्तावेज भएपनि तर्कपूर्ण र औचित्यपूर्ण माग समेट्न प्रयास गरिने बताउनु भयो । उहाले भन्नुभयो प्रदेशलाई लिएर जसरी आगो बाल्न खोजिएको छ, त्यसका लागि एमाले दमकल बन्न तयार छ,आन्दोलन चर्काउन खोजेको ठाउंमा लेप लगाइने छ।
उहाले प्रमुख दलहरुले क्षेत्रीय र जातिय रुपमा नभई विकास र न्यायका लागि ६ प्रदेशको खाका तयार पारेको भन्दै त्यसलाई सहि दंगले बुझन आग्रह गर्नुभयो । मस्यौदामा परिमार्जन गर्न सकिने भएपनि सबैको माग सम्वोधन गर्न नसकिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी