काठमाडौ २७ साउन ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमणपछि संविधान निर्माणको प्रक्रिया बिथोलेको आरोप लगाउनु भएको छ ।
भक्तपुरमा आज आयोजित एक कार्यक्रममा उहाले दुर्ई नेताको भारत भ्रमणपछि प्रदेश सीमांकनको विषय आएको र त्यसले देशमा द्धन्द्ध बढाएको दाबी गर्नुभयो ।
धर्म र सीमांकनको विषयलाई थाती राख्दै संविधान जारी गर्ने सहमति भइसकेको अवस्थामा नेताहरु भारत जानुले परिस्थिति बिग्रिएको बिजुक्छेको भनाई छ ।
सीमांकनपछि अहिले विभिन्न जिल्लामा सुरु भएको आन्दोलनमा कांग्रेस, एमाले र एमाओवादीकै कार्यकर्ता सहभागी हुनुले ती पार्टीहरुको दोहोरो चरित्र प्रस्ट्याएको बिजुक्छेले बताउनु भयो । उहाले निर्वाचनमा ‘थ्रेसहोल्ड’ राख्नु नेपालका लागि उपयुक्त नहुने जिकिर पनि गर्नुभयो ।