थरुहटद्धारा कैलाली सहित तराईका २२ जिल्लामा आमहडतालको आहृवान

थरुहटद्धारा कैलाली सहित तराईका २२ जिल्लामा आमहडतालको आहृवान

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,२७ साउन ।
थरुहट संयुक्त संघर्ष समितिले थरुहट स्वायत्त प्रदेशको माग गर्दै आजदेखी कैलाली सहित तराईका २२ जिल्लामा आमहडतालको आहृवान गरेको छ । बन्दका कारण त्यी जिल्लाहरुको जनजिवन प्रभाबित भएको हाम्रा सहकर्मीले जनाएका छन । संघर्ष समितीले प्रस्तावित ६ प्रदेशको सिमाङकन गर्दा दलहरुले थारुहरुलाई पहिचान र अधिकारबाट बन्चित गराएको भन्दै हडतालको घोषणा गरेका छन ।
समितीले पश्चिमको कन्चनपुर, कैलाली, वर्दिया, बाँके, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, धनुसा, महोत्तरी, सर्लाही, सिराह, सिन्धुली, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापा सहित तराईका जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउन माग गरेको छ ।

बन्दका कारण आज २२ जिल्लामा यातयात ,शैक्षिक संस्था , बजार पसल थप्प भएका छन । उता लगातरको थरुहट बन्दले कैलालीको जनजिवन अत्यन्तै कष्टकर बनेको छ । भारतबाट मजदुरी गरी घर फर्केकाहरु बिचल्लीमा परेका छन ।

लगातारको बन्दका कारण खर्च सकिएको भन्दै पुनह उनीहरु भारत तर्फ फर्किन थालेका कैलालीस्थित हामा सहकर्मी उन्नती चौधरीले जानकारी दिनुभएको छ । आफना मागको सुनुवाई नभएसम्म हडताल जारी रहने समितीको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी